2075-11-07
2075-11-07
पाँचथर जिल्ला स्थित साविक रवि-५ हाल मिक्लाजुङ -४ मा यस जिल्लाकाे साविकका सराङडाडा,रवि,अारुबाेटे, लिम्वा ,दुरदिम्वा , कुरुम्वा, माैवा ,अाङना, वलने र हाङगुम गाँउ विकास समितिहरु हाल मिक्लाजुङ र तुम्वेवा गाउँपालिकामा स्थायीरुपमा बसाेवास गर्ने नागरिकहरुलार्इ सेवा प्रवाह गरी नागरिकता प्रदान गर्ने तथा राहदानीका लागि तथा शान्ति सुरक्षा कायम गर्ने प्रयाेजनमा श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू लार्इ सहयाेग पुर्याउने उद्देश्यका साथ मिति २०७३ साल जेठ २ गते यस कार्यालयकाे स्थापना भएकाे हाे । यस कार्यालयकाे स्थापनाबाट यस क्षेत्रका नागरिकहरुलार्इ सेवा प्राप्त गर्न श्री जिल्ला प्रशासन कार्यालय धाउनु पर्ने बाध्यता हटी समय तथा दुरी समेत कम हुन गएकाे छ ।